२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दहाललाई आज राजीनामा बुझाउँदै छन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने बताए।

उनले बुधवार नै राजीनामा दिने तयारी भएपनि पार्टी बैठकका कारण सम्भव नभएकाले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको बताए।

यसअघि सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले बुधवार साँझ नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा बुझाएका थिए।

प्रकाशित: २० असार २०८१ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App