२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेसँगको सहमति कांग्रेस कार्यसम्पादन समितिद्वारा स्वागत

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको गठबन्धनको सहमतिको स्वागत गरेको छ।

बुधबार बिहान सभापति शेरबहादुर देउवाको बुढानिकण्ठस्थित निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले उक्त सहमतिलाई आधिकारिता प्रदान गर्दै स्वागत गरेको हो।

बैठकले पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचमा मूलभूत रूपमा सुशासन, स्थायित्व र आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने र मुद्दामा सहमत दललाई पनि यसमा जोड्ने विषयमा भएको सहमति अनुमोदन गरिएको कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले बताए।

‘एमालेसँग भएको समझदारीको स्वागत ग¥यौं,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै महतले भने, ‘त्यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेका छौँ।’

प्रकाशित: १९ असार २०८१ ११:४३ बुधबार

#congress #Prakash saran mahat