२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

रवि लामिछानेविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ। 

मंगलबार पनि रिटमाथिको सुनुवाइ नसकिएपछि यो रिट हेर्दाहेर्दैमा राखिएको हो।

यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियो। तर आज पनि सुनुवाइ नसकेपछि रिट हेर्दाहेर्दैमा परेको छ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राख्दै अधिवक्ता अनुपम भट्टराईले  गत जेठ १४ गते रिट दायर गरेका थिए।

भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।

प्रकाशित: १८ असार २०८१ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App