२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी सांसदको दाबी नयाँ समीकरणले संविधान संशोधन गर्न सक्दैन

फाइल तस्बिर

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो कुरा बताएका हुन। उनले अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने सर्तसहित नेपाली जनताको मौलिक अधिकार सङ्घीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने सर्तसहित समझदारी भएको कुरा आएको भन्दै सहज नरहेको धारणा राखे ।

सांसद  बिष्टले संविधान संशोधन गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटै संसदको दुई तिहाइ बहुमत चाहिने बताए।उनले देशमा नेपालको वस्तुगत आवश्यकतालाई मध्यनजर गरी नेपाली आत्मनिर्भर अर्थतन्त्रको विकास सुरु भएको बेलामा राजनीतिक अस्थिरता सिर्जना भएको टिप्पणी गरे। उनले भारतको गठबन्धन सरकारबाट नेपालले सिकेको र नेपालले आफ्नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । 

प्रकाशित: १८ असार २०८१ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App