१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिचको वार्ता सकियो, कुराकानीमा के भयो त ?

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीका स्वकीय सचिव एवंम प्रधानमन्त्री पुत्री गङ्गा दाहालका अनुसार दुई नेताबिच  वान टु वान भएको भेटघाटमा समसामयिक राजनीतिका बारेमा छलफल भएकाे छ।

असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा प्रधानमन्त्री दाहाल रोपाइ गर्न चितवन गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर झन्डै तीन घण्टा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबिच छलफल भएपछि  प्रधानमन्त्री दाहाल तरङ्गित हुँदै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटघाट गरेका थिए । 

देउवाले केपी शर्मालाई प्रधानमन्त्रीको प्रस्ताव राखेको भन्ने खबर पाएर प्रधानमन्त्री दाहाल सशङ्कित भएका हुन । यही कारण दाहाल आइतबार देखि लगातार भेटघाटमा  सक्रिय रहेका छन् । 

कांग्रेसको प्रस्तावमा ओलीले सकारात्मक प्रतिक्रिया दिएको भन्ने खबर बाहिरिएपछि प्रधानमन्त्री दाहाल आत्तिएका छन् । तर एमाले र कांग्रेसका  अन्य नेताहरूले देउवा र ओलीबिचको भेटघाट सामान्य भएकोले सत्ता समीकरणमा कुनै असर नपार्ने बताउँदै आएका छन् । 

प्रकाशित: १७ असार २०८१ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App