१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा: माधव नेपाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। उनले नेपाली विशेषताको समाजवादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको उल्लेख गरे।

‘नेपालको कम्युनिष्ट आन्दोलन आज उत्तारचढाव, उकाली ओराली, एकता, फेरि विघटन, फेरि पुनः गठन, विभाजन, फेरि पुनः एकता यही प्रक्रियामा अघि बढिरहेको छ। अहिलेको अवस्था हेरेर हामी धेरै चिन्तित हुनु हुँदैन। तर गम्भीर हुनुपर्ने आवश्यकता छ ।कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन ल्याएका छन्। तरङ्ग सिर्जना गरेका छन्। अहिले पनि समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा छ। हामीले नेपाली विशेषताको समाजवादका कार्यक्रम ल्याउँदैछौँ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुनाए।

अध्यक्ष नेपालले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्श गर्न आवश्यक रहेको सुनाए।

गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न आवश्यक रहेकोमा उनले जाेड दिए।

प्रकाशित: १५ असार २०८१ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App