१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले २२ गते विश्वासको मत लिने तयारी गरेका छन्।

गत जेठ २५ गते ६ दलको समर्थनसहित दाबी पेश गरेका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ।

मुख्यमन्त्री सिंह यहीँ २१ वा २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेको जनमतका प्रदेशसभा सदस्य महेशप्रसाद यादवले जानकारी दिए।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि जसपाले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा पनि जसपा नेतृत्व मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन नेकपा एमाले,एकीकृत समाजवादी र माओवादी केन्द्रले फिर्ता लिएका थिए।

तत्कालीन मुख्यमन्त्री यादवले जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत जुटाउन नसकेपछि प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा दाबी पेश गर्न राजनीतिक दललाई आह्वान गरेकी थिइन्।  

प्रकाशित: १४ असार २०८१ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App