७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नरम हुने ठाउँमा नरम हुन्छाै,गरम हुने ठाउँमा गरम नै हुन्छाै : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन्। बुधवार लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले लागुऔषधको समस्या विकराल भएको कुरा गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महशुस गरेको बताए। लागुऔषधको दुव्र्यसनीमा युवाहरुलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए। 

उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरु लागुऔषधको दुव्र्यसनीमा फसेको बताए। उनले लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरुमा पनि कतिपयले इमान्दारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने र लागुऔषध बेचबिखन गर्नेहरुलाई सरकारले कुनैपनि हालतमा नछोड्ने उनको भनाइ छ।

उनले भने, ‘युवाहरु देशमा रोजगारी नपाएर विदेश गएका छन्, कयौँ, लागुऔषधको दुव्र्यसनीमा फसेका छन्। यसका लागि जनचेतनामुलक कार्यक्रमहरु पनि चलेका छन्। प्रहरीले पक्राउ गर्ने, रिहाव सेन्टरमा लिने, बिक्री वितरण गर्नेहरुलाई पक्राउ गर्ने कुरा निरन्तर चलि नै रहेको छ । तर यो निरन्तर चलिरहँदा दुव्र्यसनीको संख्या पनि निरन्तर बढी नै रहेको छ। कहीँ न कहीँ कतै न कतै तालमेल मिलेको छैन। अर्थात यहाँ कसै न कसैले इमान्दारितापूर्वक काम गरेको छैन । कसै न कसैले छल गरेको छ। कसै न कसैले आफ्नो कर्तव्य पूरा गरेको छैन। हामी त गृह मन्त्रालयको नेतृत्व गर्दछौँ। गृह मन्त्रालय नरम हुने ठाउँमा मात्रै नरम हुने हो, गरम हुने ठाउँमा त गरम नै हुन्छ। त्यसैले हामीले भन्दै आएका छाैँ, जो दुव्र्यसनीमा फसेको हुन्छ, त्यसलाई अनदर चान्स, जसले लागुऔषध बेचबिखन गर्दछ, त्यसलाई छोड्दैनौँ।’

उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरुमा समेत लागुऔषधको दुव्र्यसनी फैलिएको बताए। लागुऔषधको दुव्र्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको उनको भनाइ छ। यसको लागि राष्ट्रिय नीतिमा काम गरिरहेको र त्यसको ड्राफ्ट बनाइरहेको जानकारी गराए।

प्रकाशित: १२ असार २०८१ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App