१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पदमुक्त सांसद फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

पदमुक्त सांसद फणीन्द्र देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतलेअन्तरिम आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो।यस अघि गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि उनी विरुद्ध माओवादी केन्द्रले कारबाहीको सिफारिस गरी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल समक्ष पत्र पठाएको थियो।पछि सभामुख धितालले उनीमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाए पछि  देवकोटा निलम्बित भएका थिए।

तर पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले आफू माओवादी केन्द्रको सांसद नभई खाली माओवादी केन्द्रको चुनाव चिन्ह मात्र प्रयोग गरेर गोरखाबाट निर्वाचित भएको भन्दै  कारबाही फिर्ता गरी पाउँ भनी सर्वोच्च अदालतमा असार ६ गते रिट दायर गरेका थिए। उनले  आफू नेपाल समाजवादी पार्टीको सांसद भन्दै आएका थिए । 

प्रकाशित: १० असार २०८१ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App