१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

छाउगोठमा किशोरी बलात्कृतको विषयबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन्।

उनले आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सधैँ जसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए। सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यपालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हन नसकेको उनको भनाइ थियो।

उनले भने ‘आकस्मिक समय, शून्य समय लगायत जुन समयमा मान्य सदस्यहरुले विषय उठाउनु हुन्छ, ती विषयहरू सधैँ जसो सम्बन्धित मन्त्री कहाँ पठाउने पनि गरेका छौँ। हरेक दिन पठाएका छौँ। यहाँ उठेका विषयहरूका बारेमा जवाफ दिन मन्त्रीहरूको कार्यपालिका नै हामीले दिइसकेका छौँ। यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ। आज उठेका विषयहरू जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’

आइतबारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।

प्रकाशित: ९ असार २०८१ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App