२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सङ्घीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छ: मन्त्री जोशी

फाइल तस्बिर

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन्।

शुक्रबार मन्त्रालयमा आफू बहाली भएको एक सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रतिवद्धता दोहोर्‍याएका हुन। यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री जोशीको भनाई थियो।

उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए। मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए। उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको धारणा राखे।

मन्त्री जोशीले सङ्घीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गरे।उनले सरकारले सङ्घीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए। 

प्रकाशित: ७ असार २०८१ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App