१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विदेशको ९ दिने भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो ९ दिने विदेश भ्रमण सकेर आज स्वदेश फर्केका छन्।

गत जेठ २९ मा उनी स्वीट्जरल्याण्ड हुँदै जर्मनीको भ्रमणमा गएका थिए।

भ्रमण सकेर उनी आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन्।

राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरू लगायत विशिष्ठ व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो औपचारिक विदेश भ्रमणमा गएका बेला उनले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच भेटवार्ता गरेका थिए। सो अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो।

त्यसअघि राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ मा पनि भाग लिएका थिए।

साथै राष्ट्रपति पौडेल र स्वीजरल्याण्डका राष्ट्रपति भियोला एमहर्डसँग द्विपक्षीय भेटवार्ता भएको थियो। 

प्रकाशित: ५ असार २०८१ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App