२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, आज युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ।

आजको बैठकमा सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी सांसद डा.अमरेश कुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्चं कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सांसद ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्,’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

सचिवालयका अनुसार विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफल अन्तर्गत आज युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

प्रकाशित: ५ असार २०८१ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App