१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट जनता र राष्ट्रको पक्षमाः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए। उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।”

सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ। “यो सन्तोषजनक छ। राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए। उनले भने, “मैले अस्तिको दिन मात्रै तीनै जना आइजिपीलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरू ढुक्कसँग काम गर्नुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो।”

प्रकाशित: ३ असार २०८१ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App