२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा नेपालले राप्रपालाई भन्यो : राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनामा द्वेध चरित्र नदेखाउँनू

राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।  

उक्त पार्टीको शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । यसका लागि असोज मसान्तभित्र पालिकास्तरको कार्यसमितिहरुको गठन सम्पन्न गर्ने, कार्तिक मसान्तभित्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गर्ने र पुस मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिकासमेत बैठकले तय गरेको छ ।  

बैठकले विभिन्न ९ बुँदे प्रस्ताव पनि पारित गरेको छ । बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गरेको समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम, महामन्त्री राजाराम वर्तौलाले पेस गरेको संगठन र सचिवालयको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले पेस गरेको आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा.बिष्णु भण्डारीले पेस गरेको कृषि विकास र भूमी व्यवस्थापन सम्बन्धी वैकल्पिक मोडेल तथा सुशासन विभाग प्रमुख राजन चौँलागाईले पेस गरेको भ्रष्टाचार नियन्त्रण नागरिक आयोगुको अवधारणापत्र परिमार्जनसहित पारित गरेको छ ।

बैठकले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति जनआन्दोलन गर्नेगरी विभिन्न राष्ट्रवादी शक्तिहरुसँग पार्टीले गरेको वार्ता निष्कर्षमा पुग्न नसकेकाप्रति दुःख व्यक्त गर्दै राप्रपा नेपालले आगामि दिनमा भ्रष्टाचारविरुछ देशव्यापी अभियान संचालन गर्ने निर्णय पनि गरेको छ ।  

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको दाबी गर्दै राप्रपा नेपालले सत्ता प्राप्त नहुञ्जेल आन्दोलनको कुरा गर्ने र भित्र भित्र सत्ताको निम्ति वार्गेनिङ गर्ने दोहोरो चरित्रको उपज भएको बताएको छ । आगामि फागुन चैत महिनादेखि भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निर्णायक जनआन्दोलन गर्ने राप्रपा नेपालको यो बैठकले निर्णय पनि गरेको छ ।  

राप्रपा नेपालले उपेक्षामा परेको कृषि क्षेत्रमा आमुल परिवर्तन ल्याउन कृषि विकास र भूमी व्यवस्थापनको वैकल्पिक मोडेलु तयार गरी जनसमक्ष लैजाने निष्कर्ष निकाल्दै सहकारी र लघुवित्तबाट पीडित रहेका लाखौं नेपालीको समस्या स्थायीरूपले समाधान गर्न सरकारसँग माग गरेको छ ।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App