१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।

फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन्। प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए।

यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारबाही गर्ने निर्णय गरेको थियो। मंगलबार स्पष्टीकरण सोधेको माओवादीले शुक्रबार कारबाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए। 

तर जेठ २८ गते माओवादीको ह्विप उलङ्घन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसकै प्रतिफल स्वरूप उनले मन्त्री पद उपहार पाएका छन्। मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनाएका थिए।

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App