१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फ्लोर क्रस गर्ने फणिन्द्र देवकोटा पार्टीको कारबाहीमा, पद गुम्‍ने

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटा कारबाहीमा परेका छन् ।  

हसिँया हथौडा चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटालाई माओवादी केन्द्रले कारबाही गरेको हो ।  

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएलगत्तै उनी अब पदमुक्त हुनेछन् । देवकोटालाई कारबाही गरेको पत्रबारे सभामुखले आजै बस्ने प्रदेशसभाको दोस्रो बैठकमा जानकारी गराउनेछन् ।  

नेसपाका देवकोटा गोरखा २ (क) बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् । माओवादीको ह्वीपका बाबजुद उनले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । उनी अहिले गण्डकीको ऊर्जामन्त्री छन् । 

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App