२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्यावरण संरक्षणमा एडिबीले भन्यो : ललितपुर महानगरमा समुदायको हित प्राथमिकतामा

एसियाली विकास बैंक (एडिबी) ले हरियाली प्रवर्द्धन, पर्यावरणसंरक्षणसँग सम्बन्धित विषयमा ललितपुर महानगरसँग सहकार्य गर्ने गरी छलफल सुरु गरेको छ ।  

काठमाडौं पर्यावरण शहरी नवीकरण परियोजना अन्तर्गत एसियाली विकास बैंकले महानगरमा काम गर्न बुधबार छलफल आयोजना गरेको हो । एडिबीले यो परियोजनाअन्तर्गत विश्वका एक दर्जनभन्दा धेरैवटा मुलुकमा काम गरेको छ ।  

ट्युनिसिया, अफ्रिका, ल्याटिन अमेरिका, अफ्रिका लगायतका मुलुकमा यो परियोजना अन्तर्गत काम भएको छलफल कार्यक्रममा एडिबीका आरनउड ह्याकमनले जानकारीका दिए । परियोजना अन्तर्गत जलवायु परिवर्तन, पानी र सरसफाई, वातावरण संरक्षण, हरियाली प्रवद्र्धनको क्षेत्रमा काम गरिनेछ । त्यसैगरी सामाजिक र लैंगिक विषयमा पनि परियोजना अन्तर्गत काम गरिने जनाइएको छ । सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा पनि काम गर्न सकिने ह्याकमनले बताए ।  

ललितपुर महानगर काठमाडौं उपत्यकाको महत्वपूर्ण सहर भएको बताउँदै उनले यसको सौन्दर्यीकरणका लागि एडिबी महानगरसँग सहकार्य गर्न इच्छुक र आतुर रहेको उल्लेख गरे। ललितपुर महानगरको प्राथमिकता आफूहरुको लागि महत्वपूर्ण भएको प्रष्ट पार्दै उनले भने, ‘महानगरको विकास र समुदायलाई हुने हित हेरेर काम गर्न चाहन्छौ ।’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले एडिबीसँग सहकार्य गरेर महानगरबासीको दिनचर्या सहज बनाउने धेरैवटा परियोजना सम्पन्न गरेको बताए । पर्यावरण संरक्षण र हरियाली प्रवद्र्धन लगायतका विषयमा पनि महानगर एडिबीसँग सहकार्य गर्न तयार रहेको उनले प्रष्ट पारे । उनले भने, ‘सहकार्य गरेर काम गर्न तयार छौं, कामलाई व्यवस्थित बनाउन समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढौं ।’  

परियोजनाका लागि महानगरको तर्फबाट पनि विज्ञ र प्राविधिक सहितको एउटा समूह बनाउने उनले जानकारी दिए ।  

ललितपुरको लगनखेलमा झण्डै ४५ रोपनी क्षेत्रफलमा सप्तपाताल पोखरीसहित अन्य दुईवटा पोखरी पुर्निर्माण हुँदै गरेको मेयर महर्जनको भनाइ छ ।  

प्रकाशित: ३० जेष्ठ २०८१ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App