१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेसमा जसपाले गर्यो नीति तथा कार्यक्रम बहिष्कार

मधेस सरकारको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गरिरहेकी छन्।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले नीति तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीलाई हस्तान्तरण गरे। लगत्तै प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेकी हुन्।

यता जसपा नेपालले भने प्रदेशको नीति तथा कार्यक्रमलाई बहिष्कार गरेको छ। प्रदेशसभाको बैठकमा जसपा नेपालका सांसदहरु अनुपस्थित भएका छन्। 

जसपा नेपालको अहिले महाधिवेशन चलिरहेको छ। महाधिवेशनको कारणले सांसदहरु उपस्थित हुन नसकेको बताइएको छ। 

प्रकाशित: २९ जेष्ठ २०८१ १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App