१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मधेसको नीति तथा कार्यक्रम साँझ ६ बजे सार्वजनिक हुने

मधेस प्रदेश सरकारले आज अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ। अगामी आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज साँझ ६ बजे प्रदेश सभाको बैठक बोलाएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा अगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिव अरुण कुमार झाले जानकारी दिए। प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १८४ को उपधार २ बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वका सरकार परिवर्तन भएका कारण अगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्न ढिलाइ भएको छ । जेठ २३ गते जसपा नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ६ दलको समर्थनमा जनमत पार्टीका सतिश कुमार सिंह जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

बजेटको अन्तिम समयमा प्रदेश सरकार फेरिएपछि त्यसको प्रभाव अगामी नीति तथा कार्यक्रममा परेको छ। आज दिउँसो २ बजे प्रदेश सभामा नीति कार्यक्रम प्रस्तुत गर्ने भनिए पनि सरकार नेतृत्वको गठबन्धन दलको छलफलपछि बैठक साँझ ६ बजेको लागि सारिएको छ। 

प्रकाशित: २९ जेष्ठ २०८१ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App