१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपालको महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।

महाधिवेशनका लागि तिरहुतिया गाछीमा विशाल पण्डाल बनाइएको छ। दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने जसपा नेपालका नेता एवं पूर्वप्रदेश मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

उनका अनुसार १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् भने एक लाख कार्याकर्ता पनि महाधिवेशनमा भाग लिने अनुमान छ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।

पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ। अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App