२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनमतका सिंह मुख्यमन्त्री, कुन दलले कुन मन्त्रालय पाए?

जनमत पार्टीका सांसद सतिश कुमार सिंह मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।

उनले आज बिहान गठबन्धन दलसहित प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका हुन्।

गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका २४, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन्। त्यस्तै सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्तिका एक/एक सांसदहरूले पनि सत्ता गठबन्धनलाई साथ दिएका छन्।

सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय पाएको छ भने नेकपा (माओवादी केन्द्र) लाई अर्थ र पर्यटन मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) लाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उर्जा तथा सिँचाई मन्त्रालय दिइएको छ।

जनमत पार्टीलाई वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको छ। १–१ सिटको नेपाल सङ्घीय समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानून र नगरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको छ।

मुख्यमन्त्री सिंहले आज १२ः१५ बजे शपथग्रहण गर्नेछन्।

प्रकाशित: २५ जेष्ठ २०८१ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App