२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन्।

जेठ २८ गतेका लागि सार्न पठाइएको पत्र सभामुख रामचन्द्र मण्डलले आविस्कार गरेपछि यादवले आजै विश्वासको मत लिने भएका हुन्।

मुख्यमन्त्री यादवले आफू बिरामी परेकाले प्रदेश सभामा उपस्थित हुन् नसकिने भन्दै विश्वास लिन राखिएको कार्यसूची सार्न सभामुखलाई पत्र पठाइएको थियो। तर, सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले पठाइएको पत्र अस्वीकार गरेर विश्वासको मत लिन बैठकमा बोलाएको छ।

बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।

सभामुख मण्डल विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग छलफलमा छन्। छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएको जसपा नेपालका एक सांसदले बताए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारलाई दिएका समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने तर्कसहित २८ गते विश्वासको मत लिने भन्दै प्रदेश सभामा पत्र पठाइएका थिए।

तर, प्रतिपक्षीहरूले भने सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले आज जेठ २३ गतेभित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेका छन्।

मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै ३० दिन पुग्दैछ। संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। 

आज प्रदेश सभामा मुख्यमन्त्री यादव उपस्थित नभए प्रदेश प्रमुखले उनको पदमुक्त गर्दै भोलि मुख्यमन्त्रीमा दाबी पेश गर्न दललाई आह्वान गरिने प्रदेश प्रमुखको तयारी छ। 

प्रकाशित: २३ जेष्ठ २०८१ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App