२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छः सांसद कार्की

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रुपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठूलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्दै उनले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्। 

बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरु कोशी कटानबाट सधै पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताए।

उनले, ‘वर्षा सुरु हुनासाथ सुनसरी जिल्लाको बाराह क्षेत्र नगरपालिकाको खास गरेर टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरु कोशी कटानबाट उत्पन्न हुने खतराबाट सधै त्रसित भएर बस्नुपरेको छ। विगतको वर्षमा पनि कोशी कटानबाट त्यहाँका जनताले असैह्य पीडा भोग्नु परेको अवस्था छ। तसर्थ, म सरकारसँग सभामुखमार्फत त्यो कोशी कटानको स्थायी समाधानका निमित्त सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद कार्कीले वर्षातमा हुने कुनैपनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।  

प्रकाशित: २३ जेष्ठ २०८१ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App