१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट आयोः सांसद केसी

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले जनप्रियतामा आधारित नभई पार्टीका कार्यकर्तालाई सुखी बनाउने वितरणमुखी बजेट ल्याएको बताएका छन्।

मंगलवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले मुलुक आर्थिक संकटको दिशामा उन्मुख भएको अवस्थामा अर्थतन्त्रको संकट निराकरण गर्न खालको नआएको बताए।

उनले पार्टीका कार्यकर्तालाई सुखी बनाउने कुरामा निर्मम भएर कठोरतापूर्वक वितरण मुखी बजेटलाई नियन्त्रण गरी उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने भएपनि त्यस्तो भएको जानकारी दिए। 

उनले भने,‘मुलुक आर्थिक संकटको दिशामा उन्मुख छ। अर्थतन्त्रको संकट निराकरण गर्र्र्नको निम्ति जनप्रियतामा आधारित होइन। पार्टीका कार्यकर्तालाई सुखी बनाउने गरी निर्मम भएर कठोरतापूर्वक वितरणमुखी बजेटलाई नियन्त्रण गरेर उत्पादनमुखी क्षेत्रमा विनियोजन गरी पुरानालाई निरन्तरता दिएर नयाँ दिन सक्दिन भन्ने आट अर्थमन्त्रीले लिनुपर्ने थियो। साधरण खर्च कटौतीमा गम्भिर हुन आवश्यकता छ। साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था छ। आन्तरिक राजश्व लक्ष्य पूरा हुने अवस्था छैन। वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी छ। त्यसले गर्दा सन्तुलित र राम्रो भन्न नसकिने अवस्था छ।’

यस्तै,उनले साधरण खर्च कटौतीमा गम्भीर हुन आवश्यक रहेको र साधरण खर्च राष्ट्रिय स्रोतबाट धान्न नसक्ने अवस्था रहेकोउनको भनाइ छ। उनले आन्तरिक राजस्व लक्ष्य पूरा हुने अवस्था नभएको भन्दै वैदेशिक ऋण भन्दा आन्तरिक ऋण १ खर्ब बढी रहेको बताए। 

प्रकाशित: २२ जेष्ठ २०८१ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App