१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद् पुगे रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‍हरू प्रतिनिधि सभाको बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी भएका छन्।

आजको बैठकमा सांसदहरू टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएका हुन्।

बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए।

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

प्रकाशित: २२ जेष्ठ २०८१ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App