१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले पोखरा महानगरमा अधिकारी समूहको वर्चस्व

नेकपा एमाले पोखरा महानगर कमिटीको सपथग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारी तथा अतिथिहरू। तस्बिर: नागरिक

नेकपा एमाले पोखरा महानगर कमिटीमा खगराज अधिकारी समूहले वर्चस्व जमाएको छ। पोखरा महानगर कमिटीको सोमबार सम्पन्न अधिवेशनमा अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूमा अधिकारी समूहले वर्चस्व जमाएको हो।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले प्यानलै बनाएर गरेको प्रतिस्पर्धामा अधिकारी समूह हाबी भएको हो।

अध्यक्षमा अधिकारी समूहका जीवनप्रसाद आचार्य गुरुङ समूहका दीपक पौडेललाई ६७ मतान्तरले पछि पार्दै विजयी भए। कुल ४८७ मत खसेकोमा निर्वाचित अध्यक्ष आचार्यले दुई सय ७७ मत प्राप्त गरे भने पराजित पौडेलले दुई सय १० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, उपाध्यक्षमा अधिकारी समूहकै नरेन्द्रनाथ ढुंगाना विजयी भए। उनी गुरुङ समूहका मोहन गुरुङलाई ८१ मतान्तरले पछि पार्दै विजयी भए। विजयी ढुंगानाले दुई सय ८४ मत प्राप्त गरे भने पराजित गुरुङले दुई सय तीन मत प्राप्त गरे।

सचिवमा अधिकारी समूहका सुशील बस्नेत गुरुङ समूहका दिनेशबाबु खड्कालाई  ४७ मतान्तरले पछि पार्दै विजयी भए। विजयी बस्नेतले दुई सय ६७ मत प्राप्त गर्दा पराजित खड्काले दुई सय २० मत प्राप्त गरे।

उपसचिव (खुला) मा विष्णुप्रसाद गौतम र उपसचिव (महिला) मा हरिमाया विश्वकर्मा निर्वाचित भए। उपसचिव खुलामा गौतमले एक सय ३३ मतान्तरले गुरुङ समूहका लालबहादुर रानालाई पराजित गरे।

विजयी गौतमले तीन सय १० मत प्राप्त गर्दा पराजित रानाले एक सय ७७ मत मात्र प्राप्त गरे। उपसचिव (महिला)मा विश्वकर्माले गुरुङ समूहका किरण गौतमलाई ७३ मतान्तरले पराजित गरिन्। विजयी विश्वकर्माले दुई सय ८० मत प्राप्त गरिन् भने पराजित गौतमले २०७ मत प्राप्त गरिन्।

त्यस्तै महानगरपालिकाको खुला १० सदस्यहरूमा झलकप्रसाद बराल (४२५), शंकर भट्टराई (४०३), सूर्यप्रसाद उपाध्याय (३७३), जीवन तिवारी (३१३), कृष्ण आचार्य (३०६), टंकप्रसाद सुवेदी (२९६), दानबहादुर शाही (२८८), प्रदीप सुवेदी (२८७), राजेन्द्रप्रसाद पौडेल (२८०) र प्रेमराज बसौला (२६२) मत ल्याउँदै विजयी भए।

महिला पाँच सदस्यमा सीता केसी (३१३), लक्ष्मी तिम्सिना (३०४), कुलमाया पौडेल (३०३), राधिका पौडेल (३०१) र मीनाकुमारी ठकुरीले (२८४) मत ल्याउँदै विजयी भए।

युवा खुला १३ सदस्यहरूमा प्रदीप गुरुङ (३०८), ई. भवसागर रानाभाट (३०५), शंकर पौडेल (२९९), इच्छाबहादुर गुरुङ (२९७), भक्तबहादुर गुरुङ (२९१), विनोद भण्डारी (२८०), राजेन्द्र गिरी (२७९), विष्णु बास्तोला (२७९), सुविन तिमिल्सेना (२७८), सन्तोष थापा (२७४), लोकेन्द्रराज (उत्तम) गिरी (२६८), सुनिल गोतामे (२६७), उषादेवी गुरुङ (२९८), तिलमाया सुवेदी भण्डारी (२९३) र लक्ष्मी अधिकारी (२९२) मत ल्याएर विजयी भए।

दलित महिला दुई सदस्यमा सरला नेपाली (२८४) र शोभा विक (२७६) मत ल्याएर विजयी भए। अपाङ्गता खुला एक सदस्यमा गणेश बराल (३२२) मत ल्याएर विजयी भए। त्यसबाहेक महानगरका ३३ वटै वडाका प्रत्येक वडाबाट एक एक जना सदस्य पनि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

महानगर कमिटीको लेखा कमिटी अध्यक्षमा दुर्योधन गिरी (२६४), उपाध्यक्षमा विष्णुहरि तिवारी (२८८), सचिवमा कमलमोहन त्रिपाठी (२९७) तथा खुला सदस्यमा सञ्जयबाबु भट्टराई (३०३) र महिला सदस्यमा पवित्रा केसी (२९५) मत ल्याएर विजयी भए।

प्रकाशित: २२ जेष्ठ २०८१ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App