१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन्।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विगतमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल नै नगरी बजेट ल्याइने भए पनि यस वर्ष पर्याप्त छलफलपछि आएको बताए ।

उनले नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको बताउनु भयो । उनले सीमा र समस्याहरू पनि बजेटमा उजागर गरिएको बताए ।उनले बजेटमा स्पष्ट रुपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख गरिएको बताए।

उनले  संघीयताको लाभ गरिब, विपन्न र विभेदमा परेका वर्ग, समुदायहरूले लिन सक्ने गरी बजेटमा उठाइएको बताए । सहकारी, सरकारी र निजी क्षेत्रले स्पष्ट रुपमा अघि बढाउन बाटो बनाइएको बताए ।

प्रकाशित: २१ जेष्ठ २०८१ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App