१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्ः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताएका हुन्। 

उनले केही पुराना दलहरुले आफूहरुलाई देश बिगारे भनेर पन्छिन खोजेको बताए। आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

उनले भने, ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला। हामी प्रयासहरु गर्दैछौँ। हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरु पनि होइनौँ। हाम्रो विगत कमजोर पनि थिएन। हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन। हामीसँग अरु धेरै आधार छ। केही गर्न आएकै छौँ। केही गर्ने प्रयास गरिरहेका छौँ। सदन खुलेको छ खुशीको कुरा। यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन। यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ। आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’

प्रकाशित: २० जेष्ठ २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App