३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

दुई चारजना उटपट्याङ मान्छे सडकमा आउँदैमा गणतन्त्र खतरामा पर्दैन: सचिव पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले संघीय गणतन्त्र खतरामा नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र खतरामा नभई आलोचनामा रहेको बताए। ७० वर्षसम्म नेपाली जनताले लडेर ल्याएको गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरू सडकमा आउँदैमा खतरामा नपर्ने उनकाे भनाइ थियाे।

‘यो संघीय गणतन्त्र खतरामा होइन। आलोचनामा छ। खतरामा आउँदैन। मलाई के विश्वास छ भने यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीको लडाइँ लडेर ल्याएको यो प्रणाली, यो गणतन्त्र दुई चार जना उत्पट्याङ मान्छेहरू सडकमा आउँदैमा, दुई चार जना आलोचना गर्नेहरू हुँदैमा खतरामा पर्दैन। यो व्यवस्थालाई नै बेठिक छ भनेर अस्थिरता सिर्जना गर्न चाहन्छन्। व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरुले यो व्यवस्था ल्याउनेहरु एक ठाउँमा उभिन्छन्। व्यवस्थाको बचाउका लागि अघि बढ्छन्। व्यवस्था खतरामा होइन, व्यवस्थामा आलोचना गरेर अघि बढाउने कुरामा हामी जानुपर्छ।’

सचिव पौडेलले नेपालमा केही कुरा हुनै सक्दैन र सम्भावना नै छैन भन्ने कुरा आंशिक रुपमा सत्य भएपनि पूर्णरुपमा सत्य नभएको जिकिर गरे।

प्रकाशित: १३ जेष्ठ २०८१ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App