१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संघीयता विकृतिको पर्याय बन्योः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन्।

शुक्रवारबाट सुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न नसक्ने बताए।

उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको उनको भनाइ छ।

उनले मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उल्लेख गरे।

अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताए।

उनले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने सुनाए। वैदेशिक सम्बन्धमा दल र सत्ता नभइ केन्द्रमा देश हुनुपर्ने उनको धारणा  छ।

नेपालजस्तो जनसंख्या र भुगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न नसक्ने उनले बताए। उनले भने, ‘आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ।’

मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुबीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभई प्रतिनिधिसभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने उनले बताए।

‘मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु हामी सबैको कर्तव्य हो। आज संघीयता देशको समृद्धिको आधार होइन, आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको छ। प्रदेश राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने ठाउँ बनेको छ’, उनले भने। 

प्रकाशित: ११ जेष्ठ २०८१ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App