२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छिन्।

बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।

उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेकाे जिकिर गरिन्।

अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको उनको भनाइ थियो।

उनले भनिन् ‘सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ। सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्‍यौँ र ठूलो मान्छे भएपछि जे गरेपनि हुन्छ। बदमासी गर्दा पनि हुन्छ। कानुनले छुन सक्दैन भन्ने ढंगको भाष्य स्थापित हुँदा र त्यसबाट आम जनमानसमा निराशा पैदा भएको थियो। त्यसलाई चिर्न सफल भयौँ।’

सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको उनले सुनाइन्। तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरू धेरै बनेको र विकास हुन थालेको उनको भनाइ थियो। 

प्रकाशित: १० जेष्ठ २०८१ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App