२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रातो मच्छिन्द्रनाथको रथयात्रा, आज ललितपुरमा सार्वजनिक विदा

ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा हमज नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।

महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो।

महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा आज बिदा दिने उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, ‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले विदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ।’

रातो मच्छिन्द्र नाथको रथयात्रा वैशाख २९ गतेबाट सुरु भएको हो। रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन्। अन्नका देवता, सहकालका देवता, लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन्।

पुल्चोबाट रथयात्रा सुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ। त्यसपछि मच्छिन्द्रनाथलाई बुडमती राखेर राखिन्छ। सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा रहेको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App