२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुर एमालेमा देउजा दोहरिए

नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन्। अर्का अध्यक्षका प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरी देउजा अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन परिणाम आइतबार विहान सार्वजनिक भएको हो।

देउजा यसअघि पनि अध्यक्ष थिए। मोहनवीर यसअघिका सचिव थिए। निर्वाचनमा मुख्यतः दुई प्यानल थियो।

उपाध्यक्षमा भने मोहनवीर प्यानलका किरण थापा निर्वाचित भए। उनी वागमती प्रदेश सांसद पनि हुन्। उनले निर्वतमान उपाध्यक्ष एवं देउजा प्यालनका उपाध्यक्षका उम्मेदवार एवं सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका वासुदेव थापालाई पराजित गरेका थिए।

सचिवमा देउजा प्यानलकै विष्णु तामाङ निर्वाचित भए। साथै एकजना उपसचिवमा पनि देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए। अर्को उपसचिवमा भने मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी बने। पार्टीको नवौं जिल्ला अधिवेशनले यी पाँच  पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक अधिवेशन लम्बिएको हो। बिहीबार र शुक्रबारको अधिवेशन सहमतिमा जाँदा निर्वाचन भएको हो।

प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल भएका थिए।

प्रकाशित: ६ जेष्ठ २०८१ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App