१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

पैसाले विचार मार्न सक्दैन: विप्लव

नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले पैसाले विचारलाई कमजोर बनाउन सक्ने भएपनिर मार्न भने नसक्ने टिप्पणी गरेका छन्।

बुधबार भक्तपुरको कमलविनायकस्थित सम्पदा प्रेमी रवीन्द्र पुरीले बनाएका कलात्मक मौलिक घरको अवलोकन गर्न आएका उनले यस्ताे बताएका हुन्।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने ‘पुँजीले विचारलाई सिध्याउन सक्दैन र यही कारण पार्टी २०८४ सालको निर्वाचनमा सहभागी हुन्छ।’ 

उनले २१ औं शताब्दी अनुसार नयाँ ढङ्गबाट जानुपर्ने भएकाले चुनावमा जाने निर्णय गरेको बताए।चुनावमा पैसा दिएर भोट नदिने वैचारिक मतदाता पनि भएकाले आफूहरू चुनावमा जान खोजेको उनले सुनाए। 

प्रकाशित: २ जेष्ठ २०८१ २१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App