२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

वन्यजन्तुबाट बालीमा हुने क्षति नियन्त्रण गर्न सरकारले राजमार्ग छेउमा फलफूल रोप्ने

सरकारले वन्यजन्तुबाट बालीमा हुने क्षति नियन्त्रण गर्न राजमार्ग छेउमा फलफूल रोप्ने घोषणा गरेको छ।

सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

उनले भने, 'बँदेल, दुम्सी, मृग लगायत जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यूनीकरण गर्न स्थानीय तहको समन्वयमा नियन्त्रात्मक कार्यक्रम सञ्चालन गर्ने र त्यसको लागी राजमार्ग र ठुला सडकको छेउमा फलफूलको बोटबिरुवा लगाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App