१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले गरे संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम पेस गरेका छन्।

सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आज सरकारको नीति तथा कार्यक्रमको वाचन सुरु गरेका हुन्।

बैठकको सुरुवातमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए।  

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ३ बजे सुरु भएको सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गरिरहेका छन्।

प्रकाशित: १ जेष्ठ २०८१ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App