१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लगाए: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहालवाला गृहमन्त्रीले प्रधानमन्त्रीलाई अपराधी भगाएको आरोप लाउने विचित्रको अवस्था बनेको टिप्पणी गरेका छन्।

आज बिहान चितवन पुगेका बेला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न रहेर प्रहरीको फरार सूचीमा रहेका राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए। राईमाथि प्रहरीले अनुसन्धान थाल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल नै थिए भने गृहमन्त्री अहिले परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठ थिए। यही विषयलाई टिप्पणी गर्दै महामन्त्री थापाले उक्त टिप्पणी गरेका हुन्।

‘अहिलेको गृहमन्त्रीले योभन्दा अघिल्लो सरकारले जिबी राईलाई भगाइदेको भनेर आरोप लगाइदिनुभो,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले भने, ‘अर्थात् बहालवाला गृहमन्त्री, बहालवाला प्रधानमन्त्रीलाई तपाईले एउटा अपराधी भगाउनुभो भन्ने आरोप लगाइराख्ने विचित्रको अवस्था बनेको छ।’

थापाले यस्तो विचित्रको अवस्थाबाट सुझबुझपूर्ण ढंगले सरकार चलाउन प्रधानमन्त्रीलाई आग्रह गरे।

‘आखिर सरकारको जिम्मा त कोल्लाइ जाँदो रैछ, प्रधानमन्त्रीलाई जाँदो रैछ । नेकपा एमाले भए पनि जो भए पनि अलि पछाडि यो सरकार कसको नेतृत्वमा थियो भन्दा प्रचण्डको नेतृत्वमा भन्ने रहन्छ। सबैभन्दा बढी त तपाईं नै गम्भीर बन्नुपर्छ’, उनले भने।

अहिले जुन खालको राजनीतिक मुठभेटको स्थिति बन्दै छ, त्यसले सबैभन्दा बढी क्षति प्रधानमन्त्री दाहाललाई नै हुने थापाले टिप्पणी गरे।

प्रकाशित: २९ वैशाख २०८१ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App