२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र ईरानबाट एक लाखभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता भएका छन्।

स्थानीय समाचार संस्था टोलो न्यूजका अनुसार गत एक महिनाको अवधिमा करिब एक लाख १५  हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान र ईरानबाट स्वदेश फर्केका हुन्।

रिपोर्टका अनुसार २० लाख ५० हजारभन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने सोही अनुपातमा ईरानमा पनि रहेका छन्।

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ।

तालिबान सत्तामा फर्केपछि त्यहाँका अधिकांश नागरिकले देश छाडेका थिए। रासस

प्रकाशित: १८ असार २०८१ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App