२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अन्तरिम जमानतमा छुटे केजरीवाल

जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। अदालतका दुई न्यायाधीशको इजलासले जुन १ सम्मका लागि जमानत दिएको हो। अदालतको आदेशपछि उनी जेलमुक्त भएका छन्।

अदालतले जुन २ मा केजरीवाललाई आत्मसमर्पण गर्न आदेश दिएको छ।  केजरीवालले अब जुन १ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन्। भारतमा लोकसभा निर्वाचन जारी छ।

विभिन्न चरणमा हुने निर्वाचन जुन १ मा सकिँदैछ। अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुंगिने बताएको छ।

केजरीवालको पक्षमा सर्वोच्च अदालतमा बहस गरिरहेका अधिवक्ता सदान फरासातले मिडियालाई भने, ‘अदालतले संक्षिप्त आदेश दिएको छ। हामीले लिखित आदेश अहिलेसम्म पाएका छैनौं।

सायद यो आदेश वेबसाइटमा राखिनेछ।’ फरासातले यो अन्तरिम राहत रहेको बताए। रक्सी घोटाला प्रकरणमा गत मार्च २१ मा उनलाई पक्राउ गरी जेलमा राखिएको थियो।

प्रकाशित: २९ वैशाख २०८१ ०८:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App