७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे विजयी

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्। मंगलार भएको निर्वाचनको गएराति सम्पन्न मतगणनामा बलबहादुर साम्सोहाङलाई २६ मतले पछि पार्दै तुम्बाहाम्फे विजयी भएका हुन्। पदाधिकारीमा तुम्बाहाम्फेको प्यानलै विजयी भएको छ।

संविधानसभा सदस्य समेत रहेका भएका तुम्बाहाम्फेले १ सय ८३ मत प्राप्त गर्दा कोशी प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका साम्सोहाङले १ सय ५७ मत प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा १ सय ७० मत प्राप्त गर्दै दिपेन्द्र पोमू (दीपेन) निर्वाचित हुँदा उनका प्रतिद्धन्दी छत्रपति प्याकुरेलले १ सय ५४ मत प्राप्त गरे। पोमू आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष हुन् भने प्याकुरेल फुङलिङ नगरपालिकाका पूर्व नगर प्रमुख हुन्। 

सचिवमा १ सय ६५ मत प्राप्त गर्दै सन्तोष चाम्लिङ विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्दी मणिशंकर पोमूले १ सय ५९ मत प्राप्त गरे। पोमू निवर्तनमा जिल्ला कमिटी उपसचिव हुन् भने चाम्लिङ एमालेको सिरिजंघा गाउँकमिटी अध्यक्ष हुन्।

त्यस्तै,उपसचिव (खुल्ला) मा सन्तोष प्रसाईलाई पराजित गर्दै गोपाल न्यौपाने निर्वाचित भए। न्यौपानेले १ सय ६४ मत प्राप्त गर्दा प्रसाईले १ सय ५३ मत प्राप्त गरे। 

न्यौपाने युवा संघका स्थायी कमिटी सदस्य तथा प्रसाँई एमाले जिल्ला कमिटीका सचिवालय सदस्य थिए। त्यस्तै उपसचिव महिलातर्फ भीमादेवी ओझा निर्वाचित भइन्। 

ओझाले १ सय ६६ मत प्राप्त गर्दा ओझाका प्रतिश्पर्धी आङबुहाङले १ सय ५९ प्राप्त गरिन्। लेखा आयोगको अध्यक्षमा दीपक धिताल निर्वाचित भए। 

उनले दिवस भण्डारीलाई पराजित गरे। सबै पदाधिकारी तथा लेखा आयोगका अध्यक्ष समेत तुम्बाहाम्फे प्यानलका उम्मेदवार थिए। 

प्रकाशित: २६ वैशाख २०८१ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App