२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

२०८४ मा प्रधानमन्त्रीका साथै मुख्यमन्त्रीहरु एमालेबाट बन्छन्ः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमाले हुने सपना देखिरहेको बताएका छन्।  

धनुषाको पार्टी प्रबेश कार्यक्रममा बोल्दैँ उनले यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताएका हुन्। 

एमाले नेतृत्वको सरकार बनेसँगै व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रहने उनको भनाइ छ।

सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने समेत बताए। 

प्रकाशित: १६ वैशाख २०८१ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App