नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ। ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरे।
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा.बाबुराम भट्टराई लगायत उपस्थित थिए।
महोत्सवमा अहिले नेकपा स्थापनादेखि अहिलेसम्मको पार्टीको घटनाक्रम, ऐतिहासिक पृष्ठभूमि जोडिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो।
प्रकाशित: १० वैशाख २०८१ १४:०२ सोमबार




-600x400.jpg)
-600x400-wm.jpg)