२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेससँग अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार छैनः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गरेका छन्।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविनको माग गर्दै संसद बैठक समेत अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार कांग्रेससँग नभएको बताएका हुन्।

ललितपुरमा गोदावरीस्थित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै उनले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भिर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउने तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार समेत नहुने बताए।

अध्यक्ष ओलीले निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका कुनैपनि विषयमा आफ्नो पार्टी प्रवेश गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले सत्ताबाट हटनु परेपछि कांग्रेस आक्रोशित, क्षुब्ध र हतास मनस्थितिमा देखिएको टिप्पणी गरे।

त्यस अवसरमा अध्यक्ष ओलीले सहकारी रकम हिनामिनाको विषयमा छानविन गरी दोषीलाई कारबाही गर्ने कुरामा एमाले दृढ रहेको पनि जनाए।

प्रकाशित: ८ वैशाख २०८१ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App