१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर बालेनको कविता: 'अरुलाई के भनम ,म आफै खराब छु !'

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले म अरुलाई के भनम ,म आफै खराब छु भन्दै कविता लेखेका छन्।

मंगलबार साझ मेयर शाहले सामाजिक सञ्जालमा उक्त कविता लेखेका हुन्।  

यस्तो छ कविता: 

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,

राजा खराब भो ,

म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,

जनतन्त्र हराम भो ,

म जनता हुँदा नेता बन्न खोज्छु ,

नेता बन्दा जनता लडाउछु ,

कम्जोर हुँदा बलियो लाई रोज्छु ,

बलियो हुँदा आफै हराउछु !

म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !

म अरुलाई के भनम ,म आफै खराब छु !!

प्रकाशित: २७ चैत्र २०८० १९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App