२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस-एमाले बिच नयाँ गठबन्धनको सम्भावना उच्च: डा. कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस एमाले बिच नयाँ गठबन्धन हुने उच्च सम्भावना रहेको बताएका छन्।

मुलुकको स्थायित्वका लागि यो गठबन्धन बन्नु पर्ने आवश्यकता आफूले देखेको समेत उनले बताए। नेपाल प्रेस युनियन दाङले आइतबार लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले भने ‘मुलुकमा नयाँ राजनीतिक समीकरणको सम्भावना मैले देखिरहेको छु, यो समीकरण नेपाली कांग्रेस र एमालेका बिचमा हुने छ, र यो गठबन्धन हुने उच्च सम्भावना छ।’

मुलुकले स्थायित्व चाहिरहेको र यसका लागि कांग्रेस एमाले बिच गठबन्धन हुनु पर्ने उनको भनाई छ  ‘मुलुकमा स्थायित्व आवश्यक छ, यो स्थायित्वका लागि कांग्रेस र एमाले बिच गठबन्धन हुनु जरुरी छ,’ उनले भने ‘यसर्थ यो गठबन्धनको अपरिहार्य म देख्छु।’ कांग्रेस एमालेका बिचमा नयाँ समीकरण निर्माण गर्ने सवालमा अहिले छलफल भइरहेको समेत उनले बताए।

यसै गरी उनले अहिले बनेको नयाँ सरकार धेरै दिन नचल्ने समेत उनले दाबी गरे। वर्तमान सत्ता समीकरणलाई अस्थिरताले निम्त्याएको गठबन्धन भन्दै उनले यो गठबन्धनले निर्माण गरेको सरकार धेरै नटिक्ने उनको दाबी छ। ‘यो सरकार धेरै टिक्नेवाला छैन,’ उनले भने ‘अस्थिरताले निम्त्याएको यो सरकारको विकल्प अर्को समीकरण मैले देखिरहेको छु।’

प्रकाशित: २५ चैत्र २०८० १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App