२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीमा मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले शपथ लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन्। दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिने भएका छन्।

अधिकारीले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन्। नेकपा माओवादी केन्द्र भने अहिले छलफलमै रहेको छ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रकाशित: २५ चैत्र २०८० १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App