१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अहिले बनाएको गठबन्धन होईन, समीकरण होः ओली

क्याप्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले दलहरुबीच गठबन्धन नभई समीकरण मात्र भएको बताएका छन।नेकपा एमाले कास्की जिल्लाको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पदस्थापन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले बनाएको यो गठबन्धन होईन, समीकरण मात्र हो।’

गठबन्धनको साझा कार्यक्रम हुने भन्दै अहिले त्यस्तो नरहेको उनको भनाई छ। ‘अहिले दलहरुको छुट्टाछुट्टै कार्यक्रम, योजना र घोषणापत्र छ,’ उनले भने। एमाले अध्यक्ष ओलीले आफूले अध्यक्ष छाडेपछि पार्टीमा भाग नखोज्ने बताए। पार्टीमा अध्यक्ष भईञ्जेल आफुखुशी पार्टी चलाउन पाउनुपर्ने भन्दै त्यसपछि भने हस्तक्षेप गर्न नहुने बताए। तर माधव नेपालले १५ वर्षसम्म पार्टी चलाएर त्यसपछि पनि भाग खोज्दा समस्या आएको बताए।

 मैले त माधव नेपालको पार्टीसँग समीकरण छ भन्ने पनि झण्डै बिर्सेको भन्दै उनले व्यंग्यात्मक शैलीमा भने, ‘१५ वर्षसम्म पार्टी चलाएर छाडेपछि पनि माधव नेपालले भाग खोजिरहे। प्रधानमन्त्री पनि भइसकेका उनले नेतृत्व छाडेपछि मैले के पाएँ?। मलाई खोई? भन्दै निहुँ खोजिरहे।’

नेतृत्व छाडेपछि पनि माधव नेपालले किचकिच गरिरहेपछि सम्बन्धमा दरार आएको उनले बताए। ‘तर म त्यस्तो गर्दिन,’ उनले भने, ‘मैले पार्टीको नेतृत्व छाडेपछि भाग खोज्दिन, माधव नेपालले जस्तो मलाई खोई? मैले के पाएँ? भनेर किचकिच गर्दिन।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अहिले बनेको समीकरण विदेशीले नभई आफुहरु मिलेर बनाएको बताए। ‘हामीले बनाएको समीकरणलाई विदेशिले बनाईदियो भनेर प्रचार गरेका छन्,उनले भने, ‘यति त हामी आफैपनि गर्न सक्छौ। यो हामीले बनाएको हो। यसको जस अपजस हामी नै लिन्छौं।’  उनले एमालेलाई सिध्याउन घेराबन्दी गर्ने र देशमा अराजकता मच्चिएर ओरालो यात्रातिर जान लागेपछि नयाँ समीकरण बनाउनु परेको समेत बताए।

प्रकाशित: २३ चैत्र २०८० १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App