८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ प्रतिनिधि सभाबाट पारित

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरेको हो।

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भनी कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्ताव प्रस्तुत गरेका थिए।

सो प्रस्तावलाई बहुमत सांसदहरुले समर्थन जनाइ प्रतिनिधि सभाबाट पारित गरेका हुन्। सभाको बैठकमा सभामुख देवराज घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गरे।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २७ गते मंगलवार बिहान ११ बजे बस्नेछ। 

प्रकाशित: २१ चैत्र २०८० २०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App