२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजीनामाको हल्ला व्यर्थ हो, संसदबाट विश्वासको मत पाउँछु: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि (चैत २२ गते) आफूले विश्वासको मत पाउने दाबी गरेका छन्।

बुधबार नागरिकन्यूजसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूले विश्वासको मत पाउनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका हुन।

उनले बाहिरी रुपमा राजीनामा दिने हल्ला विपक्षीले चलाए पनि आफूले भने संसदबाट विश्वासको मत पाउने दाबी गरे। शाहले भोलि संसद्मा विश्वासको मत लिन आफूले सभामुखलाई पत्राचार गरिसकेको बताए।

अहिले रहेकै गठबन्धनबाट आफूले नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलका प्रदेश सभा सदस्यबाट विश्वासको मत पाउने मुख्यमन्त्री शाहले बताएका छन्।

विश्वासको मत लिने कुरामा शंका उपशङ्का हुनु स्वाभाविक रहे पनि आफूले यही गठबन्धनबाट विश्वासको मत लिने कुरामा कुनै शंका नरहेको उनको दाबी छ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउन ५३ जना प्रदेश सभा सदस्य मध्ये २७ जना संसद्को मत आवश्यक पर्छ। अहिले मुख्यमन्त्री शाहसँग १८ जना नेपाली कांग्रेस, ७ जना नागरिक उन्मुक्ति पार्टी र एक जना स्वतन्त्र सांसदको समर्थन कायमै छ भने राप्रपाको एक जना प्रदेश सभा सांसदले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सुनिश्चित भए आफू बाधक नहुने र मत दिने यसअघि नै बताइसकेका छन्।

अब मुख्यमन्त्री शाहलाई बहुमत प्रदेश सभा संसद्को मत पाउन १ जना आवश्यक छ। तर, नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउनेमा भने शंका कायमै छ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र भित्र पनि आन्तरिक किचलो कायमै छ। यसअघि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताबाट हटाइएका नेकपा माओवादी केन्द्रका खगराज भट्ट प्रदेश संसदीय दल प्रति रुष्ट छन्।

उनी सम्भवतः नयाँ बनेको गठबन्धनलाई भन्दा पनि शाहलाई विश्वासको मत दिने पक्षमा रहेको बुझिएको छ।

प्रकाशित: २१ चैत्र २०८० १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App